काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दै छ । यस्तै प्रचण्ड–नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा साढे ११ बजे बस्ने भएको छ।
प्रचण्ड–नेपाल पक्षको मंगलबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेका थियो । यस समुहको आजको बैठकले दुई अध्यक्षको वरीयता तोक्ने र महासचिवको टुंगो लगाउने भएको छ । महासचिवमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र भीम रावल प्रतिश्पर्धी देखिएका छन् । यस्तै बुधबारको बैठकले संसदीय दलको नेतामा प्रधानमन्त्री ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो ।
यस्तै मंगलबार बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो । यस्तै बैठकले १ हजार १९९ जना हुने गरी महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।





























प्रतिक्रिया