पहिरोले १२० घर जोखिममा

पहिरोले १२० घर जोखिममा


दोलखा,

जिल्लाका अधिकांश स्थानमा अविरल वर्षाका कारण १२० घर जोखिममा छन् । लाखौँ रुपैयाँको धनमाल नष्ट भएको छ । अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।

वर्षाका कारण शैलुङ गाउँपालिका–८ एक्ले पाखाका उद्वव कार्कीको कुखुरा फार्म पहिरोमा पुरिएको थियो । पहिरोले फार्ममा रहेका ३२५ कुखुरा र एउटा खसी मरेको थियो । यस्तै भीमेश्वर नगरपालिका–३ मा राजीव तामाङको कुखुरा फार्म पहिरोले पुरिएको थियो भने भीमेश्वर नगरपालिका–३ चरिघ्याङमा छ पक्की घरमा समेत पहिरोले क्षति पु¥याएको प्रहरी नायब निरीक्षक सेते तामाङले जानकारी दिनुभयो ।

यस्तै भीमेश्वर–३ चरिघ्याङस्थित दुई घर पहिरोले पुरिँदा तीन लाख भन्दा बढीको धनमाल नष्ट भएको छ । शैलुङ र मेलुङ गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढ्दै गएको छ । हालसम्म दुबै गाउँपालिकामा ११२ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार शैलुङ–८ का थिङ र गोरख टोल तथा मेलुङ–१ का पवटी, दियाले खर्क टोल, कार्की टोल, बोहोरा टोल र आचार्य टोलमा गरी ११८ परिवार पहिरोको जोखिममा छन् ।

Logo