नेकपाको प्रदेशगत प्रशिक्षण शुरु, कुन प्रदेशमा काे समन्वयकर्ता ?

नेकपाको प्रदेशगत प्रशिक्षण शुरु, कुन प्रदेशमा काे समन्वयकर्ता ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रीय कमिटीको विस्तारसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण शुरु गरेको छ । सो पार्टीले हिजाेदेखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला शुरु गरेको छ ।

सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गरेका छन् । अन्य प्रदेशमा पनि दुई दिनभित्र प्रशिक्षण सकाउन केन्द्रीय वक्ता र समन्वयकर्ता तोकिएको पार्टीका केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र रायमाझी, प्रदेश नं २ मा पोखरेल र सत्यनारायण मण्डललगायत तथा प्रदेश नं १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे रहेका जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले ५५६ सदस्य थप गरेको थियो । सो पार्टीले हिजाे नै थपिएको नयाँ सूची निर्वाचन आयोगसमक्ष बुझाएको छ ।

कार्यगत प्रशिक्षण संचालनका लागि निम्न बमाेजिम नेताहरू खटिएका छन् :

१.सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश- शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश- विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटा ।
४. गण्डकी प्रदेश- टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल ।
५. वागमती प्रदेश- ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २. – ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताे ।
७. प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।

 

Logo