बामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगे गृहमन्त्री थापा

बामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगे गृहमन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल भैँसेपाटी पुगेका छन् ।

आज नेकपाको ओली समुह र प्रचण्ड नेपाल समुहको केन्द्रीय कमिटीको बैठक बसिरहेको बेला बादल गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् ।

ओली समुहको आगामी मंसिरमा पार्टी अधिवेशन गर्ने निर्णय गरेर बैठक सकिएको छ भने प्रचण्ड नेपाल समुहको बैठक वसिरहेको छ ।

तर अहिलेको विषम परिस्थितिको अवस्थामा रहेको नेकपाका दुवै समूहमा नगएका नेताहरु बामदेव गौतम र रामबहादुर थापा बादल रहेका छन् । उनीहरुले दुबै बैठकमा नजाने निर्णय गरेका छन् ।

यसअघि दुवै नेताहरुलाई केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो पक्षमा आउन पटक पटक आग्रह गरिसकेका छन् ।

Logo