काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने प्रस्ताव गरेको छ ।
मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने प्रस्ताव गरेको हो ।
स्थायी कमिटीको बैठकले उक्त निर्णय अहिले बसिरहेको प्रचण्ड नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पास गर्नेछ ।

यसैबीच कार्की पार्टी प्यालेस बबरमहलमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठक अघि स्थायी कमिटीका चार नेताको बैठक बसेको थियो । चार स्थायी कमिटीको बैठकपछि मात्रै केन्द्रीय कमिटी बैठक बसेको हो ।
प्रचण्ड–माधव नेपाल पक्षधर नेकपा केन्द्रीय कमिटी बैठकले आज अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने यस अगाडि नै तयारी गरेका छन् ।
विहानैदेखि प्रचण्ड नेपाल समुहका नेताहरु उपाध्यक्ष बामदेव गौतम र नेता रामवहादुर थापा बादललाई बैठकमा बोलाउन निवासमै पुगेका थिए । तर गौतम र बादल दुवै पक्षका बैठकमा सहभागी नहुने बताएका छन् ।
उता ओली पक्षको बैठक भने केहीबेर अघि सकिएको छ । सो बैठकले प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।





























प्रतिक्रिया