रवि लामिछाने समर्थकहरुको प्रदर्शनप्रति सांसदहरुको आपत्ती

रवि लामिछाने समर्थकहरुको प्रदर्शनप्रति सांसदहरुको आपत्ती

केन्द्रबिन्दु
0
Shares

अनुसन्धानका लागि पक्राउ परेका पत्रकार रवि लामिछानेलगायतको समर्थनमा चितवनमा भैरहेको प्रदर्शनप्रति सांसदहरुले आपत्ती जनाएका छन्।  मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रदर्शनले अनुसन्धान प्रभावित पार्न सक्ने बताएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले सडकमा अनुसन्धान प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् । उनले बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिएर यसको विरोध गर्नुपर्ने बताइन् ।

त्यस्तै नेकपा सांसद हितबहादुर तामाङले पनि सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै आपत्ती जनाएका छन् । तामाङले चितवनको सडक प्रदर्शनलाई तुरुन्त नियन्त्रणमा लिन पनि आग्रह गरेका छन् ।

आइतबार बसेको बैठकमा पनि सांसद महेश्वरजंग गहतराजले लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई गैरकानुनी, अराजक र अस्वभाविक हुल हुज्जत भन्दै निन्दा र भत्सर्ना गरेका थिए । त्यस्तै सांसद यज्ञ सुनुवारले पुडासैनी आत्महत्या प्रकरण र लामिछानेको अभियोगबारे जनतालाई जानकारी गराउन सरकारसँग माग गरेका थिए ।

यो पनि 

नेकपाको निर्देशन: ‘रवि समर्थकको प्रदर्शनमा सहभागी नहुनु’

रवि लामिछानेको समर्थकलाई भेडा भनेको होइन : करिष्मा मानन्धर (भिडियो सहित)

Skip This
Skip This
Logo