जनकपुरधाम,
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष नै रहने बताउनु भएको छ । जनकपुरधाम विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो ।
एक प्रश्नको जवाफमा उहाँले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षा अनुसार काम गर्न नसकेकोे बताउँदै अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई सफलीभूत पार्न क्रियाशील हुनेछ बताउनुभयो ।
रासस































प्रतिक्रिया