आज ओली र दाहाल समूहका छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दै

आज ओली र दाहाल समूहका छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकबारे दुई अध्यक्षका भिन्दाभिन्दै सूचना प्रवाह गरिएको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका दुई थरी कमिटीको बैठक बस्ने तयारी भएको हो । पूर्व एमाले र माओवादी एकताको क्रममा दुबै तर्फका दुई कार्यालय सचिव थिए । उनीहरुले आआफ्नै तरिकाले बैठकको सूचना प्रवाह गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले केन्द्रीय कमिटीको बैठक पुस ७ गते मंगलबार बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरेका छन् भने अर्का कार्यालय सचिव श्रीराम ढकालले मंगलबार दिउसो १ बजेका लागि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक आह्वान गरेका छन् ।

नेकपा एकतापछि अहिलेसम्म पार्टीभित्र देखिएको आन्तरिक विवादको सम्भवत सबैभन्दा ठूलो संकट हो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले संसद विघटन गराएपछि नै नेकपाभित्र थप विवाद बल्झिएको हो । यससँगै पुष्पकमल दाहाल र माधव नेपाल समूहले अध्यक्ष ओलीलाई कारवाही गर्ने समेत तयारी गरेका छन् ।

मंगलबार बस्ने भनिएको नेपाल-दाहाल समूहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई कारवाही गर्ने बताइएको छ ।अन्नपूर्णबाट

Logo