काँग्रेस नेतृ द्रौपदा शर्माको निधन

काँग्रेस नेतृ द्रौपदा शर्माको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय दुई वर्षकाे उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ।

प्रजातन्त्र सेनानी स्वर्गीय गोबद्र्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योगदान रहेको थियो। उनि २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन्।

गोबद्र्धन शर्माको सर्वस्व हरणपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरेर पैदल हिँडाइ पोखरा हिरासतमा लगिएको थियो। गोबद्र्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक द्रौपदाको चार छोरा रामचन्द्र, कृष्णचन्द्र, डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीद्वय प्रियंवदा र सत्यवती हुन्। उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्रले जानकारी दिए।

Skip This
Skip This
Logo