प्रधानमन्त्री ओलीले देशवासीको नाममा गरेको सम्बोधन (LIVE)

प्रधानमन्त्री ओलीले देशवासीको नाममा गरेको सम्बोधन (LIVE)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीले आज बिहान विघटित संसदका आफ्नो समुहका सांसदसँग छलफल गरेका थिए ।

आइतबार प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आज आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएका थिए । यस लगत्तै दिउसो उनले देशवासीको नाममा सम्बोधन गरेका हुन् ।

आजको बिहानको बैठकमा गृहमन्त्री रामबहादुर थापा भने सहभागी भएनन् । तर पूर्वमाओवादीबाट मन्त्री बनेका उद्योगमन्त्री लेखराज भट्ट भने बैठकमा सहभागी भएका थिए । बैठकमा आइतबारको पछिल्लो राजनीतिक घटनाक्रमहरुमा छलफल केन्द्रीत भएको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधीसभा विघटन गरेपछि नेपालको राजनीतिले फरक मोड लिएको छ । यसको अहिले सर्वत्र विरोध भइरहेको छ ।

Logo