‘मुलुकको उन्नतिका लागि गरेका काममा चौतर्फी अवरोध भएपछि यस्तो कदम चाल्न बाध्य भएँ’ : प्रधानमन्त्री

‘मुलुकको उन्नतिका लागि गरेका काममा चौतर्फी अवरोध भएपछि यस्तो कदम चाल्न बाध्य भएँ’ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा चौतर्फी अवरोध भएपछि आफूले प्रतिनिधी सभा विघटनको कदम चाल्नु परेको बताएका छन् ।

पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि मन भारी बनाउँदै आफूले ताजा जनादेश लिने निर्णय गरेको उनले बताए ।

विघटित प्रतिनिधिसभाको आफ्नो पक्षका सदस्यहरुसँग बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको उनले भेलामा जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले आज बिहान विघटित संसदका आफ्नो समुहका सांसदसँग छलफल गरेका थिए । आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा भने सहभागी भएनन् । तर पूर्वमाओवादीबाट मन्त्री बनेका उद्योगमन्त्री लेखराज भट्ट भने बैठकमा सहभागी भएका थिए ।

आइतबार प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएका थिए । यस लगत्तै दिउसो उनले देशवासीको नाममा सम्बोधन गर्न लागेका छन् ।

आजको बैठकमा आइतबारको पछिल्लो राजनीतिक घटनाक्रमहरुमा छलफल केन्द्रीत भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधीसभा विघटन गरेपछि नेपालको राजनीतिले फरक मोड लिएको छ । यसको अहिले सर्वत्र विरोध भइरहेको छ ।

Logo