काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समूहका नेकपाका सांसदहरुसँग छलफल गरेका छन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् । आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा भने सहभागी छैनन् । तर पूर्वमाओवादीबाट मन्त्री बनेका उद्योगमन्त्री लेखराज भट्ट भने बैठकमा सहभागी भएको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका आफू निकट सांसदहरूसँग छलफल गरेका हुन् । आइतबार प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
बैठकमा आइतबारको पछिल्लो राजनीतिक घटनाक्रमहरुमा छलफल केन्द्रीत छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधीसभा विघटन गरेपछि नेपालको राजनीतिले फरक मोड लिएको छ । यसको अहिले सर्वत्र विरोध भइरहेको छ ।





























प्रतिक्रिया