चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

केन्द्रबिन्दु
18
Shares

संघीय संसदका विभिन्न चार समितिका बैठक बिहीबार बस्दैछन्। प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ। 

अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची छ। प्रतिनिधि सभाकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ। 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे नै बस्ने गरी बोलाइएको छ । 

राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको दिउँसो १ बजे बस्ने बैठकमा सोह्रौँ योजना तर्जुमा भईरहेको सन्दर्भमा योजनामा लैङ्गिक तथा दिगो विकास लक्ष्य मैत्री दृष्टिकोण बमोजिम निर्माण गर्न समावेश गर्नुपर्ने सुझाव लिनेगरी बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo