काठमाडौं ।
सत्तारुढ दल नेकपाका ७ मन्त्रीले आइतबार राजीनामा दिएका छन्।
राजीनामा दिनेहरुमा पूर्वमाओवादीबाट मन्त्री बनेका ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर रहेका छन् । यस्तै पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराईले पनि राजीनामा दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेकी छिन् । यसप्रति असन्तुष्ट जनाउँदै सरकारका ७ मन्त्रीले सामुहिक राजीनामा दिएका हुन् । सिंहदरबारस्थित कृषि समितिको सभाहलमा एक पत्रकार सम्मेलन गर्दै उनीहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
राष्ट्रपतिले मन्त्रिपरिषदको प्रतिनिधि सभा विघटनको प्रस्ताव अनुमोदन गर्दै नयाँ निर्वाचनको मिति पनि घोषणा गरेकी छिन् । जस अनुसार ताजा जनादेशका लागि आगामी बैशाख १७ गते पहिलोचरण र २७ गते दोस्रो चरणमा गरि निर्वाचन हुने मिति तय गरिएको छ ।
यता मन्त्रिपरिषद्को आइतबारको आकस्मिक बैठकले प्रतिनिधी सभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेपछि नेकपाभित्रै विरोध भएको छ । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताउँदै यसको प्रतिवाद गर्ने जनाएको छ ।
प्रधानमन्त्रीको यो कदमले नेपाली राजनीतिमा एकाएक नयाँ मोड ल्याइदिएको छ । राजीनामा दिएपछि कुन मन्त्रीले के भने ? हेरौं यो भिडियोमा :





























प्रतिक्रिया