प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटी (प्रचण्ड-नेपाल) को निर्णय

प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटी (प्रचण्ड-नेपाल) को निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाको प्रचण्ड माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको भर्त्सना गर्दै चार वटा निर्णय गरेको छ ।

आज बसेको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमै बसेको वैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ।

श्रेष्ठका अनुसार सोही बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्नेछ । त्यस्तै सोही बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ ।

बैठकमा उपाध्यक्ष बामदेव गौतम लगायत केपी निकट नेताहरू उपस्थित भएका थिएनन् ।

Skip This
Skip This
Logo