सुरक्षा संयन्त्रको विश्लेषण, कमजोर बन्दै विप्लव समूह

सुरक्षा संयन्त्रको विश्लेषण, कमजोर बन्दै विप्लव समूह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले राजनीतिक रूपमा प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सुरक्षा संयन्त्रले कमजोर बन्दै गरेको विश्लेषण गरेको छ । नेपाल प्रहरीले विप्लव समूहका गतिविधिमाथि विशेष निगरानी राख्दै आएको छ ।

प्रहरीले पछिल्लो समय सो समूहका नेता कार्यकर्ताहरू धमाधम पक्राउ पर्न थालेको, पक्राउ परेकाहरू समेत पार्टी परित्याग गर्न उद्यत रहेको र सो समूहमा आबद्ध भएकाहरू समेत पक्राउ परिने डरले धमाधम अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेको भन्दै सो समूह कमजोर हुँदै गएको विश्लेषण गरेको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकारीले प्रहरीको उच्च निगरानी र सुरक्षा संयन्त्रको सक्रियतापछि पछिल्ला दिनमा सो समूहका गतिविधि र पार्टीका सांगठनिक गतिविधि कमजोर बन्दै गएको बताए । उनले विप्लव समूहका सबै क्रियाकलापमा देशैभर प्रहरीले उच्च निगरानी राख्दै आएको र पार्टीका संरचनामा पनि अब सो समूह कमजोर बन्दै गएको जनाए । सरकारले गत २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रहरी प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले प्रतिबन्ध यता सो समूहका ४३ जना जिल्ला इन्चार्जसमेत गरी बिहीबारसम्म ६ सय ३४ जना नेता कार्यकर्ता पक्राउ परेको जानकारी दिए । प्रहरी प्रधान कार्यालयले तयार गरेको विवरण अनुसार हालसम्म विप्लव समूहका ४३ जिल्ला इन्चार्जसहित स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र विभिन्न भ्रातृ संगठनका गरी १ सय ३६ जना नेतृत्व तहका नेता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा स्थायी समिति सदस्य १, पोलिटब्युरो सदस्य २, केन्द्रीय सदस्य ८, जिल्ला इन्चार्ज ४३ जनासहित १ सय ३६ जना छन् ।
राजधानीबाट

Skip This
Skip This
Logo