कांग्रेस र राजपा सांसदद्वारा आज पनि संसद अवरूद्ध

कांग्रेस र राजपा सांसदद्वारा आज पनि संसद अवरूद्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले बुधबार पनि संसद् बैठक अबरुद्ध गरेका छन् । सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपा सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका छन् ।

बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेर नाराबाजी गरेका हुन् । उनीहरुले ‘निर्मला पन्तका हत्यारालाई कारबाही गर, सर्लाहीमा प्रहरीसँगको भुडभेडमा मारिएका भनिएका कुमार पौडेल हत्याको छानबिन गर’ भन्दै नारा लगाएका थिए ।

सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए । तर उनीहरुले उठेर रोष्टम घेराउ गर्न पुगेका हुन् । यस अघि सोमबारको संसद बैठक पनि उनीहरूको अवरोधका कारण स्थगित भएको थियो ।

Skip This
Skip This
Logo