काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युएई प्रस्थान गरेका छन् ।
मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छा अनुसार प्रचण्ड परिवार युएई उडेको हो ।
५ दिने युएई भ्रमणका क्रममा प्रचण्डले कुनै पनि राजनीतिक भेटघाट नगर्ने भएका छन् । नेकपा अध्यक्ष प्रचण्डले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए ।
यसैबीच प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली पनि विदेश भ्रमणको तयारीमा छन् । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आउँदो साउन १८ गते प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री ओलीले १० दिनसम्म सिंगापुरमा उपचार गराउने सचिवालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया