काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधी सभा विघटनको प्रस्ताव स्वीकृत गरेकी छिन् । आज बिहान बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले प्रतिनिधी सभा विघटनको प्रस्ताव गरेको थियो ।
सोही प्रस्ताव लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । राष्ट्रपतिले मन्त्रिपरिषदको प्रतिनिधि सभा विघटनको प्रस्ताव अनुमोदन गर्दै नयाँ निर्वाचनको मिति पनि घोषणा गरेकी छिन् ।
जस अनुसार ताजा जनादेशका लागि आगामी बैशाख १७ गते पहिलोचरण र २७ गते दोस्रो चरणमा गरि निर्वाचन हुने मिति तय गरिएको छ ।
यता मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले प्रतिनिधी सभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेपछि नेकपाभित्रै विरोध भएको छ । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताउँदै यसको प्रतिवाद गर्ने जनाएको छ ।
प्रधानमन्त्रीको यो कदमले नेपाली राजनीतिमा एकाएक नयाँ मोड ल्याइदिएको छ ।
































प्रतिक्रिया