नेकपामा शीर्ष नेताको विभाग मोहले उल्झन

नेकपामा शीर्ष नेताको विभाग मोहले उल्झन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका ३२ विभागमध्ये प्रमुख ६ वटामा चार वटा पूर्वएमाले र २ वटा पूर्वमाओवादी केन्द्रको भागमा लगाएका छन् । ती विभागमा शीर्ष नेताहरूले नै आँखा लगाउँदा विवाद देखिएको छ ।

२०५० सालमा तत्कालीन एमाले विदेश विभाग प्रमुख रहेका माधवकुमार नेपालले महासचिव भएपछि सो विभाग छाडेका थिए । २०६४ सालमा भएको संविधानसभाको चुनावमा पार्टीको हार भएपछि महासचिवबाट राजीनामा दिएका नेपाल ०६६ सालपछि पनि विदेश विभाग प्रमुख भएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको नेकपाको विदेश विभाग प्रमुख पनि उनैलाई बनाउने तयारी छ ।

२०४९ सालमा तत्कालीन एमाले प्रचार विभाग प्रमुख रहेका झलनाथ खनाल पनि एकपटक विदेश विभाग प्रमुख भइसकेका छन् । एकीकरणपछि बनेको नेकपाको नीति अध्ययन विभाग वा स्कुल विभाग खनाललाई दिने तयारी छ । २०५० सालमा ओली तत्कालीन एमाले प्रचार विभाग प्रमुख थिए । तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधनपछि नेपाल महासचिव बने । नेपाल महासचिव बनेपछि संगठन विभाग र उपमहासचिवको जिम्मेवारी लिएका वामदेव गौतम अहिले नेकपा किसान महासंघको अध्यक्ष छन् । उनलाई संगठन विभाग प्रमुख दिने तयारी छ । अहिले नेकपा अध्यक्ष रहेका ओली पनि विगतमा एकपटक प्रचार विभाग प्रमुख, विदेश विभाग र स्कुल विभाग प्रमुख भइसकेका छन् ।

यसरी विभाग लिन शीर्ष नेताबीच रस्साकस्सी देखिएपछि दोस्रो पंक्तिका नेताले आपत्ति जनाउन थालेका छन् । केन्द्रीय सदस्य सूर्य थापा सचिवालयमा भएका सबै नेता जिम्मेवारीमा रहेकाले उनीहरूलाई नै विभाग प्रमुख बनाउनु आवश्यक नभएको बताउँछन् । एक सातादेखि नेकपा नेतृत्व स्कुल विभाग प्रमुख टुग्याउन नसकेर अलमलिएको छ । दुई अध्यक्ष ओली र दाहालबीच स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने सहमति हुन सकेको छैन ।
नागरिकबाट

Skip This
Skip This
Logo