प्रधानमन्त्रीको कदमलाई कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्ने

प्रधानमन्त्रीको कदमलाई कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताउँदै यसको प्रतिवाद गर्ने जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं
अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ।’ शर्माले भनेका छन् ।

मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो । यसले नेपाली राजनीतिमा नयाँ मोड ल्याइदिएको छ ।

कांग्रेसले संसद विघटन प्रधानमन्त्रीको अविवेकी र अधिनायकवादी आकांक्षाको निर्णय भएको पनि बताएको छ ।

Logo