आज मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा बस्दै

आज मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज आइतबार नै बैठक बस्न लागेको हो । बैठकका लागि बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरिएको थियो ।

आजको बैठकका एजेण्डाहरु भने खुलाईएको छैन । गत मंसिर ३० गतेको बैठकले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । जसको अहिले सर्वत्र विरोध भइरहेको छ ।

यद्यपी सरकारले अध्यादेश फिर्ता लिने बताए पनि अहिलेसम्म फिर्ता लिएको छैन । जसका कारण संवैधानिक परिषदको बैठक कोरम नपुगेर बस्न सकेको छैन ।

Skip This
Skip This
Logo