नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी नेतृत्वलाई पांच बुंदे सुझाव दिएका छन् ।
कार्यविभाजनबारे विवाद भइरहेका बेला नेता भट्टराईले फेसबुकमार्फत पाँच सुझाव दिएका हुन् । भट्टराईले जिम्मेवारी दिँदा योग्यता, क्षमता र रुचीका आधारमा दिन सुझाएका छन् । उनले कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझ्न र बुझाउन पनि आग्रह गरेका छन् ।
पार्टीका ३२ विभागमध्ये विशेष गरी संगठन विभाग र स्कुल विभागमा नेताहरुबीच कुरा मिलन सकेको छैन ।
भट्टराईको स्टाटस
नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाईरहेको सन्दर्भमा निम्न बिषयमा नेत्रित्वको ध्यानाकर्षण गर्दछु ।
१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ ।
२. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा किनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।
३. पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊ ।
४. प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई वैज्ञानिक प्रणालीका आधारमा पारदर्शी बनाऊ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौ । त्यसका आधारमा पुरस्क्रित र दन्डित गर्ने पारीपाटी बसालौ ।
५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाऔ ।
































प्रतिक्रिया