कांग्रेस महासमिति बैठकः आजदेखि विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल गरिँदै

कांग्रेस महासमिति बैठकः आजदेखि विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल गरिँदै

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि बन्द सत्रमा पेश भएका प्रतिवेदमाथि समूहगत छलफल हुँदैछ। लामो रस्साकस्सीपछि महासमिति बैठकमा हिजो ५ वटा प्रतिवेदन पेश भएका छन्।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता प्रकाशशरण महत र लेखा समितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा चार समूह बनाएर छलफल गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

विवाद मिलाउन बन्द सत्र नै रोकेर बोलाइएको पदाधिकारी बैठकको बीचबाटै सभापति शेरबहादुर देउवा सत्तारुढ गठबन्धनका दलका नेतालाई भेट्न जानुले पनि कांग्रेस भित्र तरङ्ग उत्पन्न गरिदिएको छ।

देउवा आन्तरिक बैठक छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न राति नै बालुवाटार पुगे। बालुवाटार पुगेर देउवाले पार्टीको प्रतिवेदन र छलफलले गठबन्धनमा कुनै असर नपार्ने आश्वासन दिएका छन्।

Logo