४० बुँदे मागपत्र बोकेर सिंहदरबार जाँदै राप्रपा

४० बुँदे मागपत्र बोकेर सिंहदरबार जाँदै राप्रपा

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवार प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र पेश गर्न लागेको छ ।

ज्ञापन पत्र बुझाउनुअघि राजधानीको भृकुटीमण्डपबाट दबाबमूलक र्याली सुरु गरेर भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै फेरि भृकुटीमण्डप पुगेर सभा गर्ने र त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा साढे १ बजे सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाइएकाे छ।

राप्रपाको पूर्वनिर्णयअनुसार बुधवार नै सबै जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने छ। साथसाथै आफ्नो मागबारे दबाबमूलक प्रदर्शन गर्ने पनि कार्यक्रम रहेको छ ।

राप्रपाले सरकारले आफ्नो मागबारे कुनै सुनुवाइ नगरेमा चैतदेखि आन्दोलन गर्ने तयारी गरेको छ । त्यसअघि सहर केन्द्रित दबाबमूलक कार्यक्रमहरू हुने जनाइएको छ ।

Skip This
Skip This
Logo