अबदेखि कसैसँग पनि चन्दा नलिने नेकपा विद्यार्थी संगठनको घोषणा

अबदेखि कसैसँग पनि चन्दा नलिने नेकपा विद्यार्थी संगठनको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियूले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने बताए ।

“अब अनेरास्ववियूले संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै पनि आर्थिक सहयोग लिन बन्द गरेको छ”, उनले भने, “कुनै मातहत कमिटी र नेता कार्यकर्ताले त्यस्तो आर्थिक सहयोग लिएको पाइएमा अनुशासनको कारवाहीको भागीदार बनाइनेछ ।” उनले सांस्कृतिक र रचनात्मक कार्यक्रम गर्दा मात्र आर्थिक सहयोग लिने बताए ।

संयोजक महरले सङ्गठनका नेता तथा कार्यकताबाट ‘लेवी’ उठाई सङ्गठन सञ्चालन गरिने बताए । “सङ्गठन एक भएपछि ५० हजार सङ्गठनको कमिटीमा आबद्ध छौँ”, उनले भने, “कमिटी सदस्यबाट लेवी उठाउँछौँ ।”

बैठकले विश्वविद्यालयको प्राध्यापकको नियुक्ति गर्न सबै विश्वविद्यालयको एक छाता सेवा आयोग बनाउन तथा करार र आंशिक प्राध्यापकको व्यवस्थापनको लागि नियमित सेवा आयोगको परीक्षा सञ्चालनको माग गरेको छ । साथै प्रतिस्पर्धाबाहेक अन्य प्रावधानबाट प्राध्यापक नियुक्ति नगर्न आग्रह गरेको छ ।

यस्तै विभिन्न विश्वविद्यालयमा पदाधिकारीदेखि क्याम्पस प्रमुखको खुला प्रतिस्पर्धाको व्यवस्था गर्न माग गरिएको छ । यसैगरी संयोजक महरले त्रिविमा गोल्डमेडलको लागि अङ्क थप्ने काममा संलग्न जो कोहीलाई कारवाही गर्न माग गर्ने निर्णय गरेको जानकारी दिए ।

Skip This
Skip This
Logo