पूँजीगत खर्च बढ्न नसक्नु चिन्ताको विषय हाेः महासचिव पोखरेल

पूँजीगत खर्च बढ्न नसक्नु चिन्ताको विषय हाेः महासचिव पोखरेल

केन्द्रबिन्दु
18
Shares

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले पूँजीगत खर्च बढाउननसक्नु चिन्ताको विषय भएको बताएका छन्।

आज पार्टी कार्यक्रमका लागि महोत्तरी जानुअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीमाझ कुराकानी गर्दै महासचिव पोखरेलले पूँजीगत खर्च बढ्न नसक्दा आवश्यक विकास हुन नसकेको बताएका हुन्।

“पूँजीगत खर्च बढाउन सकिएको छैन। कर्मचारीको तलब दिन पनि ऋण लिन पर्ने अवस्था छ”, उनले भने। उहाँले सुशासनलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। “अब राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन आउँदैछ। यस विषयमा एमालेको कुनै चासो छैन। हामी बेथितीविरूद्ध खबरदारी गरिरहन्छौँ”, पोखरेलले भने।

Skip This
Skip This
Logo