एमाले बलियो राष्ट्रिय शक्ति बनाउन प्रयासरत छः महासचिव पोखरेल

एमाले बलियो राष्ट्रिय शक्ति बनाउन प्रयासरत छः महासचिव पोखरेल

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा विदेश पलायन रोक्न एमाले अत्यन्त गम्भीर रहेको बताएका छन्। उनले युवाको भविष्य बलियो बनाउनकै लागि आफूहरु बलियो राष्ट्रिय शक्ति निर्माण गर्नेप्रयास गरिरहेको बताएका हुन्।

शुक्रबार महोत्तरीमा हुने एक कार्यक्रममा सहभागी हुनगएका पोखरेलले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग छोटो संवाद गर्दै मिटरव्याजी पीडित,लघुवित्त पीडितलगायतका समसामयीक विषयमा एमालेसडकबाट जनदबाब सिर्जना गर्न पछि नपर्ने धारणा राखे।

यस्तै उनले मूलुकको भविष्य अध्यारो देखेर मानिसमा निराशा मात्रै छाएको भन्दै त्यो निराशालाई चिर्न एमाले बलियो राष्ट्रिय शक्ति निर्माणमा जुटेको उल्लेख गरे। ‘ठूलो संख्यामा युवाहरु पलायन भइरहेका छन्। त्यो अवस्था रोक्नका लागि एमाले अत्यन्त गम्भीर छ हामीले भविष्यलाई सुरक्षीत गर्नका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने नेकपा एमालेको प्रयास अगाडि बढिरहेको छ,’पोखरेलले भने।

पोखरेलले एमालेको झुलाघाट–चिवाभञ्याङ संकल्प यात्राले मानिसमा आशा जगाएको उल्लेख गरेका उनले तराई मधेशमा पनि त्यस्तै प्रकारको विकास र संमृद्धिका लागि यात्रा गर्ने सोच बनाईरहेको बताएका उनले सरकार र संसदभित्र आफूहरुलाई चासो नरहेको जिकिर गरे।

‘देश कस्तो बनाउने भन्ने सुन्दर्भमा हामी जनतासँग बसेर छलफल गर्न चाहान्छौं। जनताकै साथ सहयोगमा बलियो राष्ट्रिय शक्तिका रुपमा एमालेलाई उभ्याउन चाहान्छौं। हामीलाई सरकार र संसदभित्र यतिबेला चासो छैन।’

Logo