काठमाडौँ,
सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको चार महिनापछि सरकारी टोली र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेतावीच पहिलोपटक औपचारिक छलफल भएको छ ।
स्रोतका अनुसार भक्तपुर र काभ्रेको सीमा नजिकको एक होटेलमा आइतबार भएको छलफलले दुवैपक्षविच वार्ताका लागि सकारात्मक वातावरण बनाएको बताइएको छ ।
छलफलमा सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए । छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेताहरु सहभागी थिए । सहभागीको नाम भने गोप्य राखिएको छ ।
सरकारले गत २८ फागुनमा विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन ।





























प्रतिक्रिया