आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
देशको विभन्न भागमा आएको बाढी पहिरो र डुबानमा परेकाहरुको उद्धार र राहत वितरणमा सहयोग गर्न बैठक स्थगित गरिएको जनाएको छ।
सांसदहरुलाई आ आफ्नो क्षेत्रमा जान समय दिनुपर्ने भएकोले बैठक स्थगित गरिएको जारी सूचनामा उल्लेख छ। अर्को बैठक साउन ८ गते दिउसो १ बजे बस्ने जनाएको छ।






























प्रतिक्रिया