गठबन्धन फेर्ने प्रचण्ड प्रवृत्ति र रवि लामिछानेकाे सत्ता माेहले जनता आजित, के-के भने ?[भिडियाेसहित]

गठबन्धन फेर्ने प्रचण्ड प्रवृत्ति र रवि लामिछानेकाे सत्ता माेहले जनता आजित, के-के भने ?[भिडियाेसहित]

केन्द्रबिन्दु
154
Shares

आइतबार साँझदेखि राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमले निकै तताएको बालुवाटार, बुढानिलकण्ठ, पेरिसडाँडा र बालकोटमा नेताहरुले महसुस गरेको रापको दाउरा बनेर कांग्रेस र माओवादी केन्द्रबीचको वर्तमान गठबन्धन सरकार अहिले स्वाहा भएको छ । रातभरी जागै बनेको बालुवाटार, बालकोट र बुढानिलकण्ठको व्यस्तताको परिणाम अन्ततः एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग माओवादीको तीन दलीय नयाँ सत्ता समीकरण बनेर देखिएको हो । प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र रास्वपाको साथ पाउने भएपछि कांग्रेसलाई किक हान्न कत्ति पनि समय लगाएनन् । वर्तमान सत्ता गठबन्धन ढलेर सोमबारै नयाँ समीकरणको सरकार गठन भइसकेको छ ।

एक वर्ष २ महिना मै कांग्रेससँगको गठबन्धन टुटाएर प्रचण्डले आफ्नै नेतृत्वमा पुनः कम्युनिष्टसँग नै मिलेर नयाँ सरकार बनाउने भएसँगै यतिबेला केन्द्रदेखि सातै प्रदेशको राजनीतिको समिकरण फेरिने स्पष्ट छ । अस्थिर राजनीतिले देशलाई कता लैजाने हो जनमानसमा चिन्ता प्रकट भएको छ ।

यसै विषयमा आधारित भएर केन्द्रबिन्दु टोलीले अहिलेको अस्थिर राजनीतिक परिवेश, नयाँ गठित सरकार र राजनीतिक दहरुको नौतिक आचरणहरुका विषयमा सर्वसाधारणको धारणा लिएका छौं । के भन्छन् त उनीहरु ? हेरौं एक रिपोर्ट–

Logo