झरीमा भिज्दै नेविसंघको अर्धनग्न प्रदर्शन

झरीमा भिज्दै नेविसंघको अर्धनग्न प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले अर्धनग्न प्रदर्शन गरेको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध नेविसंघले शुक्रबार पुतलीसडकमा अर्धनग्न प्रदर्शन गरेको हो ।

शंकर देव क्याम्पस नेविसंघका नेता दीपक ओझाको नेतृत्वमा नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो। नाकामा तरकारी र फलफूलमा हुने विषादी परीक्षण पुनः नगरेसम्म नेविसंघले आन्दोलन जारी राख्ने नेविसंघ नेता बबि जोशीले जानकारी दिए ।

सरकारको विषादी परीक्षण नगर्ने निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ । सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिँदै सर्वोच्चले विषादी परीक्षण गर्ने पुरानो निर्णय नै यथावत राख्न आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशसँगै नेपाल-भारत सीमा नाकामा भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी परीक्षणको क्रम सुरु भएको छ । तर नेविसंघले सरकारको उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । अविरल वर्षाको प्रवाह नगर्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

Logo