कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छः मन्त्री श्रेष्ठ

कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छः मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने बताएका छन्।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको विस्तारित मन्त्रीमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका श्रेष्ठले पदभार ग्रहण गर्दै युवा वर्गका समस्यालाई प्राथमिकतामा राखेर खेलकुद मन्त्रालयलाई अगाढि बढाउने बताएका हुन्।

मन्त्री श्रेष्ठले मन्त्रालयले सबैले थाहा पाउने गरी काम गर्ने उल्लेख गरे। ‘यो मन्त्रालय कुनामा मौन बसेको मन्त्रालय हो। अब यो मन्त्रालयले आवाज बुलन्द गर्छ। देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँछ,’ मन्त्री श्रेष्ठले भने।

युवा वर्गमा देखिएको चरम निराशालाई चिरेर युवाको मानसिक स्वास्थ्यसँग जोडिएका समस्या समाधान गर्र्नुपर्नेमा जोड दिएका यनल सबैसँग मिलेर सहकार्य गर्ने बताए।

रास्वपाको संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठ पहिलो पटक संघीय मन्त्रीको जिम्मेवारी सम्हालेका छन्। काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका ४२ वर्षीय श्रेष्ठ यसअघि बागमती प्रदेशको प्रदेश सांसदको भूमिकामा थिए।

Skip This
Skip This
Logo