प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैनः कांग्रेस

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैनः कांग्रेस

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन्।

सोही क्रममा बैठकलाई सम्बोधन गरेका कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले निर्वाचनका बेला जनतासँग गरेको बाचा तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका हुन्।

निर्वाचनका बेला पाँच वर्ष कांग्रेससहितको गठबन्धनले सरकार बनाएर देश र जनताका लागि काम गर्ने बताइए पनि प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोडेर कांग्रेसबाहेक र एमालेसहितको गठबन्धन बनाएर सत्ता समीकरण परिवर्तन गरिएको छ।

Skip This
Skip This
Logo