मुलुकको विकासका लागि सरकार र जनताले हातेमालो गर्नुपर्छः उपप्रमुख डङ्गोल

मुलुकको विकासका लागि सरकार र जनताले हातेमालो गर्नुपर्छः उपप्रमुख डङ्गोल

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले मुलुकको विकासका लागि सरकार र जनता दुवै जिम्मेवार बन्नुपर्ने बताएकी छन्।

संस्कार समाज नेपालको जनचेतनामूलक सरसफाइ महाअभियानको दुई सय हप्ता पूरा भएको सन्दर्भमा शुक्रबार आयोजित ‘पुरस्कार तथा सम्मान’ कार्यक्रममा उनले मुलुकको विकासमा सरकारजत्तिकै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताएकी हुन्।

काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले व्यक्तिलाई अनुशासित बनाउन संस्कार समाज नेपालले खेलेको भूमिका सराहनीय रहेको बताए।

संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले असल संस्कार नै देश विकासको मुख्य आधार भएकाले असल संस्कारमा लाग्नका लागि सबैलाई आग्रह गरे।

Skip This
Skip This
Logo