काँग्रेसलाई पढाउन खोज्नुभएको रहेछ, सहकारी ठगी गर्न नसिकाउनुहोलाः सांसद शाही

काँग्रेसलाई पढाउन खोज्नुभएको रहेछ, सहकारी ठगी गर्न नसिकाउनुहोलाः सांसद शाही

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद दिक्पाल कुमार शाहीले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले सहकारी ठगी प्रकरणमा लामिछानेको नाम जोडिएका कारण उनले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

‘सहकारीमा जनताले जम्मा गरेको पैसा नियमविपरीत गृह मन्त्रीज्यूले लिनुभएको र अनुसन्धान गर्ने तालुक मन्त्रालयमा आफैँ बसेको आरोप छ,’ उनले भने, ‘पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न गृहमन्त्रीले राजीनामा गरी सहयोग गरिदिन माग गर्दछु।’

सांसद शाहीले गृहमन्त्रीले काँग्रेसलाई पढाउन इच्छा व्यक्त गरेको स्मरण गर्दै त्यतिबेला सहकारी ठग्न नसिकाउन पनि आग्रह गरेका छन्। ‘गृहमन्त्रीले नेपाली काँग्रेसलाई पढाउन खोज्नुभएको रहेछ। मेरो अनुरोध छ काँग्रेसलाई पढाउँदा डबल नागरिकता, डबल पासपोर्ट, सहकारी ठग्न र सुन तस्करीसँग साँठगाँठ गर्न नसिकाउनुहोला,’ उनले भने।

Logo