श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाउनु शंकास्पद छः सांसद शाह

श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाउनु शंकास्पद छः सांसद शाह

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ। नेपाली काँग्रेसका सांसद पुष्पबहादुर शाहले सरकारले श्याम ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाउनु शंकास्पद रहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र हाल सरकारले नियुक्त गरेका सीआईबी प्रमुख श्याम ज्ञवालीकाबीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको थाहा हुँदाहुँदै सरकारले सीआईबी प्रमुख श्याम ज्ञवालीलाई बनाउनु शंकास्पद रहेकाे बताएका हुन्।

यही चैत २ गते बसेको प्रतिनिधिसभाको बैठकले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गरेर उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई लैजाने निर्णय गरेको थियो।

Logo