एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

केन्द्रबिन्दु
70
Shares

महेन्द्रनगर (कञ्चनपुर)। नेपाल कम्युनिष्ट पार्टी (एमाले)कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएकी छन्।

यसअघि कार्यवाहक अध्यक्ष रहेका बुढालाई नवौँ अधिवेशनले सर्वसम्मत अध्यक्ष बनाएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनीयताको शपथ लिएका छन्।

निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकाङ्क्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो।

त्यस अवसरमा अध्यक्ष ओलीले पार्टीको ‘मिसन-८४’ का लागि जिल्ला नेतृत्वलाई केन्द्रित गर्न निर्देशन दिए। सबैले पार्टीलाई बलियो बनाउन जोड दिनुपर्ने बताउँदै उनले गुटबन्दीबाट मुक्तभएरक काम गर्न आग्रह गरे। गत बिहीबार नवौँ जिल्ला अधिवेशन अध्यक्ष ओलीले नै उद्घाटन गरेका थिए।

Logo