महिन्द्र समूहलाई जिम्मेवारीबाट हटाउने नेसपाको निर्णय

महिन्द्र समूहलाई जिम्मेवारीबाट हटाउने नेसपाको निर्णय

केन्द्रबिन्दु
56
Shares

काठमाडाैँ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले अर्का अध्यक्ष महिन्द्रराय यादवसहित नेताहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको छ।

काठमाडौंको जडिबुटीमा सोमबार बसेको केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्न हस्ताक्षर गर्नेहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलका अनुसार अध्यक्ष यादवसहितलाई पार्टी जिम्मेवारीबाट हटाउने निर्णय भएको छ।

गत शनिबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माओवादी पदाधिकारीहरू र नेसपा अर्का अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठको उपस्थितिमा नेसपा र माओवादीबीच एकता गर्ने सहमति भएको थियो।

उक्त सहमतिमा माओवादी महासचिव देवप्रसाद गुरूङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका थिए। माओवादीसँग पार्टी एकता गर्ने यो सहमतिमा अध्यक्ष भट्टराई पक्षले विमति राख्दै आएको थियो।

Logo