पूरै कार्यकाल प्रधानमन्त्री प्रचण्ड नै हुने ओलीको संकेत

पूरै कार्यकाल प्रधानमन्त्री प्रचण्ड नै हुने ओलीको संकेत

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन्। प्रेस चौतारी कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडि नसरेको बताएका हुन् ।

‘अहिले मलाई त्यति मन पनि लागेको छैन। अरू केही अगाडि पनि सरेका छैनन्। के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त! ’ ओलीले पत्रकार सम्मेलनमा भने।

यस्तै उनले सुन तस्करीको अनुसन्धानका लागि एमालेले छानबिन आयोग बनाउन गरेको प्रस्ताव सही पुष्टि भएको उनको भनाइ थियाे।

Skip This
Skip This
Logo