आज गिरिजाप्रसादको स्मृति दिवस, काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै

आज गिरिजाप्रसादको स्मृति दिवस, काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ। स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो। राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो।

२०४७ सालको आन्दोलन, २०६२-६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूर्ण कालखण्डमा उनको भूमिका महत्त्वपूर्ण छ।

Skip This
Skip This
Logo