मदिराको अवैध कारोबारले सप्तरीमा अशान्ति फैलियोः सांसद झा

मदिराको अवैध कारोबारले सप्तरीमा अशान्ति फैलियोः सांसद झा

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)की सांसद रन्जुकुमारी झाले मदिराको अवैध कारोबारले सप्तरीमा अशान्ति फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्ताे बताएकी हुन्।

उनले भनिन्, ‘मदिराको अवैध कारोबारको बिगबिगी यति बढ्यो की जिल्लामा अशान्ति फैलियो। यसमा म गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

साथै नागरिकता ऐन आए पनि आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूले नागरिकता वितरणमा जिल्ला प्रशासन कार्यालयबाट सहजीकरण नभएको गुनासो गरेको पनि उनले बताएकी छन् ।

Logo