कांग्रेस सांसदले ‘आफैँ झाँक्री’ भनेपछि एमाले सांसदले गरिन् रेकर्डबाट हटाउन माग

कांग्रेस सांसदले ‘आफैँ झाँक्री’ भनेपछि एमाले सांसदले गरिन् रेकर्डबाट हटाउन माग

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै ‘झाँक्री पनि त्यही, बोक्सी पनि त्यही’ भन्ने शब्द प्रयोग गरेपछि एमालेकी सांसद प्रतीक्षा तिवारीले नियमापत्ति जनाएकी छन्। राणाले बोले लगत्तै एमाले सांसद तिवारीले महिलालाई विभेद गरेको भन्दै नियमापत्ति जनाएकी हुन्।

सांसद राणाले सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको व्यक्ति नै गृहमन्त्री भएको भन्दै आरोपी व्यक्ति र छानबिन गर्ने व्यक्ति एउटै भएको भन्दै सो शब्द प्रयोग गरेका थिए।

उनले भनिन्, ‘महिलाहरूलाई विभेद गर्ने गरी आफै धामी आफैँ बोक्सी भन्नुभएको छ। त्यसको नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गर्छु।’

Skip This
Skip This
Logo