‘महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू विवादरहित छन्’ -कानूनमन्त्री गिरी

‘महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू विवादरहित छन्’ -कानूनमन्त्री गिरी

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । कानून न्याय तथा संघीय मामिलामन्त्री पदम गिरीले महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित हुने बताएका छन् ।

शुक्रबार ललितपुरमा महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री गिरीले विगतबाट नै महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू साँच्चै न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने ल्याकत राखेको बताएका हुन् ।

उनले भने, ‘न्याय सम्पादन सधैं सही हुन्छ भन्ने पनि मलाई लाग्दैन । कहिले काहीँ त्यसमा कमीहरु आउन सक्छन् होला । किनभने कहिलेकाँही त्यसलाई सच्याइएको अभ्यासहरु पनि छन् । तुलनात्मक रुपले हेर्ने हो भने महिला श्रीमानहरुले, महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित र साँच्चै न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने त्यो ल्याकत राखेको विगतबाट हामी देख्न सक्छौँ त्यो गौरबको विषय हो ।’

Logo