गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने छुट छैनः डा. शेखर कोइराला

गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने छुट छैनः डा. शेखर कोइराला

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताएका हुन्।

‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ कोइरालाले भने ।

Skip This
Skip This
Logo