केशव बुढाथोकीभित्र रहेको गुण सबैले अनुसरण गर्नुपर्छ -महामन्त्री विश्वप्रकाश शर्मा

केशव बुढाथोकीभित्र रहेको गुण सबैले अनुसरण गर्नुपर्छ -महामन्त्री विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिवंगत केशव कुमार बुढाथोकीभित्र रहेको गुण सबैले अनुसरण गर्नुपर्ने बताएका छन् ।

शनिबार बागबजारस्थित पद्मकन्या कलेजमा कांग्रेसका केशवकुमार बुढाथोकीको ४५औं पुण्य तिथिमा आयोजित श्रद्धान्जली सभामा बोल्दै उनले राजनीतिमा वा राजनीतिबाहिर सबै क्षेत्रमा बुढाथोकीको गुण आवश्यक हुने भएकाले अनुसरण गर्न आग्रह गरे ।

उनले भने,‘हामी यहाँबाट निस्किसकेपछि आ–आफ्नो काममा सबै व्यस्त हुन्छौं । तर यहाँबाट जाँदाजाँदै उहाँबाट लिनुपर्ने कुरा केछ भने सबैसँग खुल्ला सम्बन्ध राख्ने कुमार दाइको त्यो शैली,गुण चाहे राजनीतिमा होस् चाहे राजनीति बाहिर किन नहोस सबैले अनुशरण गर्नुपर्छ । झापामा कसैको केशव दाईको जस्तो गुण थिएन । यस्तो गुणलाई हाम्रो सम्पत्तिको रुपमा राख्नुपर्छ ।’

उनले प्रचुर आँट भएका बुढाथोकीको मनमा जे छ त्यहि व्यवहारमा देखिने गुण भएको पनि बताए ।

Logo