अब नेता बचाउने होइन, देश र जनता बचाउने हो -गृहमन्त्री लामिछाने

अब नेता बचाउने होइन, देश र जनता बचाउने हो -गृहमन्त्री लामिछाने

केन्द्रबिन्दु
112
Shares

भरतपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको बताएका छन् ।

आज चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्तासँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै गृहमन्त्री लामिछानेले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको बताएका हुन् । उनले भने, “विभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ । सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ ।”

गृहमन्त्री लामिछानेले सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरु एक ठाउँमा उभिएको बताए । “अब मान्छे बचाउने होइन देश बचाउने हो । नेता बचाउने होइन जनता बचाउने हो”, उनले भने ।

गृहमन्त्री लामिछानेले गलत गतिविधि गर्नेहरु कानुनको दायरामा आउने भन्दै सना, ठूला, चिल्ला, खस्रा सबै माछा पक्राउ गर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले होली पर्वले जस्तै हाम्रो जीवन र समाज पनि रङ्गीन बनोस भनेर शुभकामाना दिए । उनले होली पर्वसँगै सामाजिक सद्भाव सधैं कायम होस् भन्दै मतदाताप्रति आफू सधैं ऋणि रहेको र ब्याजसहित फिर्ता गर्ने प्रतिबद्धता जनाए ।

पार्टीले सरकारमा गएको दुई हप्तामै काम गरेर देखाएको उनको भनाइ छ ।

Logo