वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई अभद्र व्यवहार नगर्न गृहमन्त्रीकाे निर्देशन

वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई अभद्र व्यवहार नगर्न गृहमन्त्रीकाे निर्देशन

केन्द्रबिन्दु
70
Shares

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमन विभागलाई निर्देशन दिएका छन् ।

मंगलबार अध्यागमन विभाग कार्यालयको अनुगमन गर्दै गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न निर्देशन दिएका हुन् । साथै उनले ती श्रमिकलाई सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह पनि गरे ।

गृहमन्त्री लामिछानेले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्ने बताएका छन् । जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधन सम्पन्न बनाउन केही चुनौती भए पनि प्रयास जारी राख्नुपर्ने उनको भनाई छ ।

Logo