गृहमन्त्री लामिछानेमाथि छानविन गर्न कांग्रेसकाे माग कायमै

गृहमन्त्री लामिछानेमाथि छानविन गर्न कांग्रेसकाे माग कायमै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय छानविन समितिको माग कायम राखेको छ ।

शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा छानविन समिति गठन गर्ने कि नगर्ने, सदन चलाउने कि नचलाउने भन्ने विषयमा भोलि(आइतबार) पदाधिकारी बैठक बसेर निर्णय गर्ने सुशिला थिङले जानकारी दिइन् ।

उनले भनिन्,’ हामी भोलि पदाधिकारी बैठक बस्छौं । कांग्रेसले कुन पोजिसन लिने, छानविन समिति गठन गर्ने कि नगर्ने, सदन चलाउने कि नचलाउने भन्ने विषयमा हामी भोलि छलफल गछौं ।’

Logo