सभामुख पाठकको दाबी- मलाई विभिन्न शक्तिहरुबाट दबाब आएको छ

सभामुख पाठकको दाबी- मलाई विभिन्न शक्तिहरुबाट दबाब आएको छ

केन्द्रबिन्दु
84
Shares

मकवानपुर । बागमती प्रदेशका सभामुख भुवन पाठकले बागमती प्रदेश सरकारको विश्वासको मत लिने बैठकमा आफूलाई सहभागी नहुन दवाव आएको खुलासा गरेका छन् ।

चितवनको सौरहामा भएको संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख पाठकले आफूलाई शालिकराम जम्कट्टेल सरकारको विश्वासको मत लिने दिनको बैठकमा सहभागी नभएर सरकारलाई अप्ठेरोमा पार्नको लागि विभिन्न शक्तिहरुबाट दवाव आएको उल्लेख गरे ।

गत फागुन २३ गते नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले चैत्र १९ मा विश्वासको मत लिने कार्यक्रम तय भइसकेको अवस्थामा विभिन्न ठाउँबाट आफूलाई दवाव आएको तर आफू उक्त दवावबाट प्रभावित नहुने उनको भनाइ रहेको छ ।

सभामुख स्वतन्त्र हुनुपर्ने र आफू अम्पायरको भुमिकामा मात्र रहेको उनले स्पष्ट पारे । उनले भने,‘मलाई सभामुख बनाउने पार्टीबाट दवाव आएपनि म त्यो मान्दिन । म खेलाडी हैन रेफ्री हुँ । म निष्पक्ष ढंगबाट बैठक अगाडि बढाउँछु ।’

Logo